बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

विदेशी मुद्राको विनिमय दर

काठमाडौं, १८ फागुन । नेपाल राष्ट्र बैंकले आज फागुन १८ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ७१ पैसा र बिक्री दर १३२ रुपैयाँ ३१ पैसा पुगेको छ ।

यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ २८ पैसा र बिक्री दर १४० रुपैयाँ ९२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ ३७ पैसा र बिक्री दर १५९ रुपैयाँ ०९ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०६ पैसा र बिक्री दर ३६ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?