Chitwan Aawaj

२०८२ मंसिर २४ गते

नेपाल र मलेसियाबीचको सिरिजको फाइनल खेल आज

काठमाडौँ, २२ असोज । नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिजको अन्तिम तथा निर्णायक खेल आज खेल्दैछ ।

आज हुने तेस्रो खेल ७: ४५ बजेदेखि शुरु हुदैछ । जारी सिरिजमा नेपाल र मलेसियाले २-२ खेल जितेर बराबरीको अवस्थामा रहेका छन् । आज जित्ने देशले यो सिरिज जित्ने भएकोले यो खेल फाइनल खेल भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली मलेसियामा रहेको छ । जसमा पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोधा विस्ट, साबित्री धाम र कविता कुँवर रहेका छन् ।

 

By चितवन आवाज

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.