Chitwan Aawaj

२०८२ मंसिर २४ गते

जेनजी विद्रोहले पुराना नेताहरू विस्थापित गर्‍यो: सुदन किराती

काठमाडौँ, २२ असोज । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री सुदन किरातीले हालैको ‘जेनजी विद्रोह’ ले पुराना राजनीतिक नेताहरूलाई विस्थापित गर्दै नयाँ पुस्ताको उदयको बाटो खोलेको टिप्पणी गरेका छन् । उनले २००७ सालदेखि ०८२ साल सम्मका सबै आन्दोलनले नेतृत्व जन्माए पनि यो विद्रोहले सबै पुराना नेताहरूलाई कमजोर बनाएको उल्लेख गरे ।

उनले भने, “जेनजी आन्दोलनले देशमा राजनीतिक सफाइको माग उठायो, तर अन्ततः रक्तपातमा परिणत भयो।” भदौ २३ गतेको घटनालाई उनले “नेपालको इतिहासकै दुःखद मोड” भनेका छन् । किरातीले जेनजी नेतृत्वलाई शहीदहरूको बलिदानलाई संस्थागत गर्न र गणतन्त्र, सङ्घीयता, समावेशिता र धर्मनिरपेक्षताको रक्षा गर्दै नयाँ राष्ट्रिय संस्कृतिको निर्माणमा ध्यान दिन सुझाव दिएका छन् ।

उनले चेतावनी दिँदै भने, “यदि नयाँ पुस्तामाथि पनि विश्वासको सङ्कट बढ्यो भने नेपाल असफल राष्ट्रको दिशातिर धकेलिन सक्छ।”

By चितवन आवाज

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.