नारायणगढ, १ कात्तिक । भरतपुर महानगरपालिका–२९ गाईघाटमा शनिबार बिहान सात सवारी साधन आपसमा ठोक्किँदा १९ जना घाइते भएका छन्। घाइतेको संख्या अझै बढ्न सक्ने प्रहरीको अनुमान छ।
जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन्द्र खनालका अनुसार बिहान करिब ७ः१५ बजे नारायणगढ–मुग्लिन सडकखण्डमा बा ४ ख ७४२० नम्बरको यात्रुबस र ना ८ ख ६६२९ नम्बरको ट्रक ठोक्किँदा पछि पछिका अन्य सवारी साधन पनि एकआपसमा ठोक्किएका हुन्।
घाइतेहरुको उद्धार भइरहेको र उनीहरुलाई भरतपुरका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।
