काठमाडौँ, १ कात्तिक । नेकपा एमालेको केन्द्रीय समिति बैठकले आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा महाधिवेशन गर्ने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रस्ताव पारित गर्दै बैठक सम्पन्न भएको हो ।
बैठकमा तत्काल नेतृत्व हस्तान्तरणको माग उठे पनि महाधिवेशनबाट मात्रै नयाँ नेतृत्व चयन हुने भएको छ । जेनजी आन्दोलनका माग सम्बोधनका लागि संसद पुनःस्थापनाको मुद्दा अघि बढाउने निर्णय पनि बैठकले गरेको छ । पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नेतृत्व हस्तान्तरण र संगठन पुनर्गठन सम्बन्धी २१ बुँदे प्रस्ताव पेश गरेकी थिइन् भने सचिव योगेश भट्टराईले पनि महाधिवेशनअघि नेतृत्व परिवर्तनको माग गरेका थिए। तर, अध्यक्ष ओलीले आगामी निर्वाचनमा भाग नलिएर आन्दोलनमा जाने निर्णय दोहोर्याएका छन् ।
बैठकमा केही नेताहरूले ओलीमाथि पार्टी रुपान्तरणको माग गरे पनि बहुमतले ओलीकै नेतृत्वमा महाधिवेशनमा जाने निर्णय गरेको हो ।
