काठमाडौँ, १ कात्तिक । यो साता नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । साताभरमा सुन प्रतितोला २० हजार ४०० रुपैयाँले र चाँदी तोलामा २२५ रुपैयाँले बढेको छ ।
साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य २ लाख ३८ हजार रुपैयाँ रहेकोमा शुक्रबार २ लाख ५८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। सोमबारदेखि बिहीबारसम्म पनि सुनको मूल्य लगातार बढ्दै नयाँ रेकर्ड कायम गरेको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि आइतबारको ३ हजार १२५ रुपैयाँबाट बढेर शुक्रबार ३ हजार ३५० रुपैयाँमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा अमेरिकी नीतिगत परिवर्तन, युद्धको अवस्था र ब्रिक्स राष्ट्रहरुले बढाएको सुनचाँदीको भण्डारणजस्ता कारणले मूल्य वृद्धि भएको विश्लेषण गरिएको छ ।
