Chitwan Aawaj

२०८२ मंसिर २४ गते

चितवनमा दुई छुट्टाछुट्टै सवारी दुर्घटना, एकको मृत्यु तीन घाइते

नारायणगढ, ३ असोज । आइतबार राति चितवनका दुई ठाउमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार पूर्वपश्चिम राजमार्गको लदरी पुलमा र भरतपुरको धर्म चोकमा दुर्घटना भएका हुन् ।

खैरहनी नगरपालिका वडा नम्बर २ लदरी खोला पुलमा रोकि राखेको एच आर ३८ ए एफ ६१२६ नम्बरको ग्यास बुलेटमा बागमति प्रदेश ०३– ००२ प ३२३० नम्बरको मोटरसाइकल ठोकिँदा मो.सा. चालक चितवन खैरहनी नगरपालिका वडा नम्बर २ बस्ने वर्ष ५ को मनिश बोगटीको मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार टाउकोमा चोटलागि गम्भीर अवस्थामा उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पुगेका बोगटीलाई चिकित्सकहरुले मृत घोषणाा गरेको हो ।

ग्याँस बुलेट घटनास्थलमै रहेको,बाटो अवरोध नभएको, बुलेट चालक देश भारत बिहार राज्य सिवान जिल्ला बस्ने वर्ष ५९ को दशरथ प्रसादलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय खैरहनीमा राखिएको बताइन्छ । यस्तै, सोमबार बिहानै ४ः३० बजेको समयमा भरतपुर महानगर पालिका वडा नम्बर ४ धर्मचोकमा भएको कार दुर्घटनामा तीन जना घाइते भएका छन् ।

चौबिसकोटीबाट बिशालचोक तर्फ जाँदै गरेको लु ३ च ५३५७ नं. को कार आफैँ अनियन्त्रित भई बाटोको बिच भागको डिभाईडरमा ठोकिन जादा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

कारमा सवार चालक नवलपरासी सुनवल न.पा.३ बस्ने ३१ को संदिप गुरुङ, रुपन्देही सैनामैना न.पा. ७ बस्ने वर्ष ३० को सुबास थापा र अर्घाखाँची भूमिका स्थान न.पा. ८ बस्ने वर्ष ३० को सरोज श्रेष्ठ घाइते भएका छन् । उनिहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । गोरखापत्र

By चितवन आवाज

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.