Chitwan Aawaj

२०८२ मंसिर २४ गते

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं, ५ कात्तिक । आज २०८२ साल कात्तिक ५ गते बुधबार । कात्तिक शुक्ल पक्षको प्रतिपदा तिथि। तदनुसार सन् २०२५ अक्टोबर २२ तारिख । गोवर्धन पूजा, गाईगोरु पूजा,म्हपूजा, हलि तिहारसँगै नेपाल सम्वत ११४६ प्रारम्भ भएको छ  ।

हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ । विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दू धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन् ।

‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो । यस दिन विशेष गरी विथाल देव (कृष्ण अवतार) को पूजा गरिन्छ । पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ । कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ । साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ । यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ  ।

बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ

-हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी-देवताको कृपा हुने गर्छ।
-बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।
-बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न धार्मिक ग्रन्थमा पाइन्छ।
-जसको कुण्डलीमा बुध ग्रहको दोष छ उसले बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।

By चितवन आवाज

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.