Chitwan Aawaj

कर तथा भ्याटका झन्झट समाधानमा केन्द्रित दुई दिने तालिम चितवनमा सम्पन्न

चितवन।  चितवनका उद्योगी व्यवसायीहरूको छाता संस्था चितवन उद्योग वाणिज्य सङ्घले कर तथा मूल्य अभिवृद्धि कर सम्बन्धी  २ दिने तालिम कार्यक्रम सोमबार सम्पन्न भएको छ । तालिम उद्योगी व्यवसायीहरूलाई आयकर तथा अभिवृद्धि कर (भ्याट) लगायत मिस म्याच एवम् करका नीतिहरूका बारेमा जानकारी गराउने उद्देश्य तालिमको आयोजना गरिएको हो । तालिम चितवन उद्योग वाणिज्य सङ्घको आयोजना एवम् GIZ Nepal को प्राविधिक सहयोगमा मङ्सिर २१ र २२ गते सङ्घको सभा हलमा कार्यक्रम भएको हो ।

तालिमको उद्‌घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै चितवन उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुमनकुमार श्रेष्ठले कर सम्बद्ध झन्झटहरू जस्तै मिस म्याचमा पर्ने, ननफाईलर रहने, कर गणना, कर विवरण भर्ने, कर चुक्ता लिने, आय विवरण बुझाउने, जस्ता विषयमा व्यवसायीले भोगेको समस्याहरू निराकरणका तालिमको आयोजना गरिएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि एवम् आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत पुण्यविक्रम खड्काले आयकर तथा मूल्य अभिवृद्धि कर जस्ता देशको आर्थिक संरचनाका आधारभूत स्तम्भहरू बारे महत्त्वपूर्ण प्रशिक्षण कार्यक्रम आयोजना गरेकोमा चितवन उद्योग वाणिज्य सङ्घलाई धन्यवाद दिँदै उहाँले कुनै पनि राष्ट्रको समृद्धि, विकास र सुशासन कर प्रणालीको पारदर्शिता तथा जनताको कर प्रतिको सकारात्मक भावना विकास गर्न तालिमले सहयोग गर्नेमा विश्वास व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै GIZ RSRSD का फाइनान्सियल म्यानेजमेन्ट एन्ड एडमिनिस्ट्रेसन एडभाइजर नवीन लाल श्रेष्ठले चितवनका व्यवसायीहरूलाई कर, मूल्य अभिवृद्धि कर, मिस म्याच लगायतका बारेमा जानकारी गराउन यस तालिमको लागि चितवन उद्योग वाणिज्य सङ्घसँग सहकार्य गरेको बताउँदै आगामी दिनमा पनि सहकार्य गर्दै जाने बताए।

दुई दिन सम्म चलेको तालिममा चितवन उद्योग वाणिज्य सङ्घका राजश्व सल्लाहकार सिए विमान कार्की, सिए विकास तिवारी, सिए विशाल भट्टराई सिए कविता चौधरीले कार्यक्रमको मध्यस्थता गर्नु भएको तालिममा विभिन्न क्षेत्रका ७० जना उद्योगी व्यवसायीहरूको सहभागिता रहेको थियो। चितवन उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले धन्यवाद ज्ञापन व्यक्त गरेका थिए भने कार्यक्रमलाई सङ्घका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गरेका थिए।

By चितवन आवाज

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.