गुगल डुडलमा आज किन देखियो पानीपुरी ?

काठमाडौं, २७ असार । पछिल्लो समय नेपालमा पनि सबै उमेर समूहले रुचाउने स्ट्रिट फुड पानीपुरी आज बिहानैदेखि गुगलको लोगोसँगै देखिएको छ । भारतमा गोलगप्पा, पानीपुरी र पुचका नामले परिचित यो स्ट्रिट फुडलाई गुगलले डुडल गेमका रूपमा समावेश गरेको छ ।

गुगलले डुडल गेमका रूपमा पानीपुरी राख्नु रोचक घटना जोडिएको छ । १२ जुलाई २०१५ मा भारतको मध्यप्रदेशको इन्दोरी सहरमा रहेको एक रेस्टुरेन्टले ५१ फ्लेभरका पानीपुरी सबैभन्दा बढी फ्लेभरको पानीपुरी बनाएर विश्व रेकर्ड राखेको थियो । त्यसको आठ वर्षपछि गुगलले प्रयोगकर्तालाई सो घटनाको स्मरण गराउन डुडल गेममा पानीपुरी समावेश गरेको छ ।

”अन्तरक्रियात्मक खेल डुडलले आज पानीपुरी मनाएको छ,” गुगलले एक ब्लगमा लेखेको छ, “यो आलु, चना, मसला वा खुर्सानी र स्वादयुक्त पानीले भरिएको क्रिस्पी शेलले बनेको लोकप्रिय दक्षिण एसियाली स्ट्रिट फुड हो । र यसमा सबैको स्वादका लागि पानीपुरीको विविधता छ ।”

पानीपुरी डुडल गेम खेल्ने प्रयोगकर्ताले भेन्डरलाई पानीपुरी भरेर सहयोग गर्नुपर्ने हुन्छ । माथि कुन पानीपुरी मागेको हुन् भन्ने देखाइएको हुन्छ ।

सो खेल खेल्ने व्यक्तिले तल ग्राहक छुट्टिनुअघि नै उनीहरूले खोजेको पानीपुरी दिनुपर्ने हुन्छ । पानीपुरी दिन ढिलो भयो वा फरक पानीपुरी दिइयो भने गेम सकिन्छ ।

कसरी खेल्ने पानीपुरीको डुडल गेम ?

-सबैभन्दा पनि यहाँ क्लिक गरेर गुगल डटकममा जानुहोस् ।

– अनि गुगल सर्च बक्सभन्दा माथि रहेको गेमको अप्सनमा क्लिक गर्नुहोस् ।

– यति गरेपछि सोझै गेम खुल्छ, अनि आफूलाई उपयुक्त मोड छान्नुहोस् ।

– त्यसपछि सबैभन्दा पहिले गेम खेल्न सिकाइएको हुन्छ ।

– त्यहाँ देखाएजस्तै माथि खोजिएको पानीपुरी छानेर डुडल गेम खेल्न सक्नुहुन्छ ।

ताजा समाचार

नारायणगढ–मुग्लिन सडकमा चार पुल धमाधम बन्दै

नारायणगढ–मुग्लिन सडकमा चार पुल धमाधम बन्दै

दुईवटा एग्रोभेटमा सिलबन्दी

दुईवटा एग्रोभेटमा सिलबन्दी

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

जसपाले आज पत्रकार सम्मेलन गर्दै

जसपाले आज पत्रकार सम्मेलन गर्दै

चालु आवको हालसम्म छ बाघ मृतवस्थामा भेटिए

चालु आवको हालसम्म छ बाघ मृतवस्थामा भेटिए