भाटभटेनी सुपर मार्केटका सञ्चालक मीन बहादुर गुरुङ सहित १७ जनालाई ब्युरोले थुनामा राखेर अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार थुनामा रहेका मध्ये रमेश कुमार पोखरेल, घमान कुमार कार्की, बाबुराजा महर्जन र शिवजी भट्टराईको बयान पुरा भएको छ ।
रमेश कुमार पोखरेल समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख हुन् । पोखरेल असार १८ मा पक्राउ परेका थिए । घमान कुमार कार्की नापी सर्वेक्षक हुन् । बालुवाटारको जग्गामा ‘नक्कली मोही’ लाई जम्मा गरेर जग्गा दाबी गर्ने कामको नेतृत्व बाबुराजा महर्जनले गरेका थिए । महर्जनले पनि ‘नक्कली मोही’ बनेर जग्गा आफ्नो नाममा लिएको भेटिएको छ ।
शिवजी भट्टराई तत्कालीन वडा सचिव हुन् । असार १७ मा पक्राउ परेका भट्टराईले गैर कानुनी रूपमा जग्गा व्यक्तिको नाममा लैजानका लागी आवश्यक कागजात सिफारिस सिफारिस दिएका थिए ।
मुख्य आरोपित मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर कुमार शाह, पूर्व सचिव रुद्र प्रसाद श्रेष्ठको बयान सकिएको छैन । पूर्व सचिव श्रेष्ठ भूमिसुधार तथा व्यवस्था विभाग महानिर्देशक हुँदा ललिता निवासको जग्गा हिनामिना प्रकरणमा संलग्न देखिएको एसएसपी आचार्यले जानकारी दिए । श्रेष्ठ असार २६ मा पक्राउ परेका हुन् ।
‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा हालसम्म पक्राउ
१. मीन बहादुर गुरुङ, भाटभटेनी सुपर मार्केटका सञ्चालक
२. सुधीर कुमार शाह, पूर्व निर्वाचन आयुक्त
३. धर्म प्रसाद गौतम, शाखा अधिकृत
४. गोपाल कार्की, अवकाश प्राप्त खरिदार
५. शिवजी भट्टराई, तत्कालीन वडा सचिव
६. घमान कुमार कार्की, नापी सर्वेक्षक
७. बाबुराजा महर्जन, नक्कली मोही
८. रमेश कुमार पोखरेल, समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख
९. देव नारायण महर्जन, मोही
१०. लोकहरी घिमिरे, समरजङ्ग कम्पनीको तत्कालीन प्रमुख
११. ध्रुब प्रसाद अर्याल, नापी सर्वेक्षक
१२. कृष्ण बहादुर राउत, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव
१३. योगराज पौडेल, नासु डिल्लीबजार मालपोत
१४. नारायणदास मिश्र, पूर्व खरिदार डिल्लीबजार मालपोत
१५. रुद्र प्रसाद श्रेष्ठ, महानिर्देशक भूमिसुधार तथा व्यवस्था विभाग
१६. बालकृष्ण श्रेष्ठ, सिडिई भौतिक योजना तथा निर्माण मन्त्रालय
१७. बिनोद पौडेल, सह लेखापाल समरजङ्ग कम्पनी
स्टे अर्डरमा छुटेका
१. कलाधर देउजा, प्रमुख डिल्लीबजार मालपोत
२. सुरेन्द्रमान कपाली, अधिकृत
३. हुपेन्द्रमणि केसी, शाखा अधिकृत