चितवन, १ श्रावण। चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा आजदेखि एक महिना निःशुल्क आँखा शिविर शुरु भएको छ । अस्पतालले साउन महिनाभरिका लागि शिविर आयोजना गरेको हो ।
शिविरमा आँखाको सुख्खापन, नानीको घाउ, जलविन्दु र मोतियाविन्दु, आँखाको प्रेसर, दृष्टि पर्दाको जाँच निःशुल्क हुनेछ । यसैगरी सुगर र प्रेसको असर सम्बन्धी आँखाको परीक्षण हुनेछ ।
अस्पतालको चौथो तलामा रहेको आँखा विभागमा थप उपचार गर्नुपरेमा ५० प्रतिशत छुट रहेको अस्पतालले जनाएको छ ।