Chitwan Aawaj

चितवनका कुनैपनि उम्मेदवार विरुद्ध उजुरी परेन

चितवन, ८ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा चितवनका कुनै पनि उम्मेदवार विरुद्ध उजुरी परेन ।

बुधबार दिउँसो ३ बजेसम्म उम्मेदवार विरुद्ध उजुरी दिन सकिने समय तालिका रहेपनि कोहि विरुद्ध पनि उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत कार्यलयका सहायक निर्वाचन अधिकृत देवी भण्डारीले जानकारी दिनुभयो ।

चितवन क्षेत्र नम्बर १ मा २ महिलासहित १९ जनाको उम्मेदवारी परेको छ भने क्षेत्र नम्बर २ मा ७ महिलासहित २३ र क्षेत्र नम्बर ३ मा ९ महिलासहित २३ जनाको उम्मेदवारी परेको छ ।

By चितवन आवाज

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.