Chitwan Aawaj

निर्वाचन आयोगले भन्यो- दलहरू र उम्मेदवारले फागुन ३ भित्र घोषणापत्र पेस गर्नू

काठमाडौं, २७  माघ । निर्वाचन आयोगले आगामी फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र पेस गर्न निर्देशन दिएको छ ।

आयोगले मंगलबार विज्ञप्ति जारी गरेर फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दलहरू तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूलाई घोषणापत्र पेस गर्न आयोगले निर्देशन दिएको हो ।

आयोगले निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ बमोजिम फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी राजनीतिक दलले निर्वाचन आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम निर्देशन दिइएको हो ।

By चितवन आवाज

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.