सूचना अनुसार भरतपुर महानगरपालिकाले सडक बत्तीबाट उठेको १० करोड ६२ लाख ४१ हजार ३३० रूपैयाँ महशुल नबुझाएको प्राधिकरणले जनाएको छ। यस्तै काठमाडौं महानगरपालिकाको मात्रै १ अर्ब ३१ करोड ६२ लाख ९८ हजार ७७२ रूपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ । जसमा काठमाडौं महानगरपालिकाको बालाजु वितरण केन्द्रमा ३९ लाख २० हजार ९०२, वानेश्वर वितरण केन्द्रमा ४५ करोड ४२ लाख २८ हजार ६९, रत्नपार्क वितरण केन्द्रमा ८५ करोड ८१ लाख ४९ हजार ८०१ रूपैयाँ बक्यौता छ।
सूचनामा उल्लेख भए अनुसार विराटनगर महानगरपालिकाले ८ करोड ६६ लाख ८ हजार ७०७ रूपैयाँ, ललितपुर महानगरपालिकाले २४ करोड ४१ लाख ३० हजार ३४७ रूपैयाँ, वीरगञ्ज महानगरपालिकाको १७ करोड २८ लाख ६९ हजार ४६५ रूपैयाँ, पोखरा महानगरको १३ करोड ३५ लाख १४ जार ७१२ रूपैयाँ बक्यौता छ।
यसरी सडक बत्तीका लागि विद्युत् प्रयोगवापत ती स्थानीय तहबाट कुल ६ अर्ब ८ करोड ९४ लाख ३११ रूपैयाँ उठ्न बाँकी छ। यो रकम गत आर्थिक वर्षको बक्यौता रहेको प्राधिकरणले जनाएको छ। तर, तोकिएको समयसीमाभित्र बक्यौता महशुल नबुझाए नेपाल विद्युत प्राधिकरण, विद्युत महशुल सक्कलन विनियमावली, २०७८ को विनियम १० को प्रावधान बमोजिम कारबाही गरिने प्राधिकरणले जनाएको छ।