हाम्रो बारेमा

सञ्चार माध्यम समाज परिवर्तनको प्रमुख आधार हो । हाम्रो समाजमा हुने हर गतिविधिमा नागरीकको पहुँच पुर्याउन सञ्चारमाध्यमको अन्तरगतका अनलाइन मिडियाको पनि भुमिका उल्लेखनिय रहेको छ । यस अनलाइन सबै सुचना, सञ्चार, सगीत र मनोरञ्जनको साथी त बनेको छ, सबैको सुख र दुख सधै साथमा रहने छ । विशेषत चितवनको पर्यटन, शैक्षिक, खेलकुद, ऐतिहासिकता, लगायतका विभिन्न सामाजीक सरोकारका विषय उठान गरि समतामुलक समाजको निमार्णमा टेवा पर्याउने लक्ष्य चितवन आवाजको रहेको छ । हामी आवाज विहिनको आवाज त बन्ने नै छौ , यस क्षेत्रका विकृति र विसंगती हटाउन पनि लागि पर्ने छौ र समाजमा सकारात्मक भावनाको विकास गरि सम्बृद्धिको राष्ट्रिय अभियानका लागि आवाज मार्फत लाग्ने छौ ।

चितवनमा लामो समय पत्रकारिता क्षेत्रको अनुभव बटुलेका अग्रज र पत्रकारिता क्षेत्रमा निकै जोश र जाँगरसहित उदाउँदै गरेका युवाहरु मिलेर चितवन आवाज डटकम डट एनपी सुरु गरेका हुन् । २०७७ सालको नयाँ वर्षको अवसर पारेर सञ्चालन भएको अनलाइन वि.सं. २०७९ साउन १ मा चितवन आवाज नेटवर्क प्रा.लि नाम सहित कानुनी रुपमा दर्ता भयो । स्थापना देखी नै चितवन आवाज डटकम डट एनपी आधिकारिकरुपमा व्यावसायिक पत्रकारिताको तवरले अघि बढेको हो ।

चितवन आवाजले पत्रकारिताको आधारभूत सिद्धान्त, पत्रकार आचारसंहितालाई पालना गर्दै सत्य, तथ्य र विश्वसनीय समाचारहरु निडरताका साथ सन्तुलित भएर प्रकाशन गरिरहेको छ । र यसरी नै अघि बढिरहन प्रतिवद्ध छ । हामीले वर्तमानको प्रविधिलाई मध्यनजर गर्दै फेसबुक, युट्टुब र website: chitwanaawaj.com.np मार्फत सुचनाहरु सबैको पहुँचमा पुराएका पनि छौ ।

अनुभवी, जोश र जाँगर भएका श्रमजीवि पत्रकारहरुले स्वरोजगार बन्ने उद्देश्यअनुरुप सञ्चालन गरेको चितवन आज छोटो समयमै चितवनसहित छिमेकी जिल्लाहरुमा लोकप्रिय बन्न सफल भएको छ ।