सुनकोशी र नारायणीमा टर्मिनल सहित जलमार्ग बनाइने

काठमाडौं । सरकारले सुनकोशी र नारायणी नदीमा टर्मिनल सहित जलमार्ग सञ्चालनमा ल्याउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरेका हुन् ।

सरकारले नेपालमा जल यातायात प्रयोजनका लागि आवश्यक संस्थागत तथा कानुनी प्रबन्ध गर्ने उनले बताएका हुन् ।