गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- लामिछाने

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफुले कुनै पनि सहकारीबाट ऋण नलिएको स्पष्टिकरण दिएका छन् ।

प्रतिनिधि सभाको बैठकमा स्पष्टीकरण दिदै आफु गोर्खा मिडियाले सहकारीबाट ऋण लिने प्रक्रियामा आफु सहभागी नभएको बताए ।

लामिछानेले आफुले अहिले गोरखा मिडिया छोडिसकेको र कम्पनि छोडीसकेपछि कम्पनीको कुनै दायित्व बेहोर्नुपर्ने भए आफु सो दायित्व बेहोर्न तयार रहेको बताए ।

उनले जीबी राईले गरेका सबै फोहोर आफुले सफा गर्नुपर्छ भन्ने नरहेको संसदमा बताएका छन् ।

पोखराको सुर्यदर्शन सहकारीबाट आफुले ऋण लिएको कुनै कागज नभएको भन्दै सुनियोजित रुपमा आफ्नो नाम प्रयोग गरिएको आरोप लगाए ।

उनले फौजदारी कसूर लाग्ने सहकारी ठगी प्रकरणमा संसदीय समिति छानबिन गर्न नमिल्ने जिकिर गर्दै आफु यो विष पिउन तयार रहेको बताए ।