भरतपुर विमानस्थलको कार्य सम्पन्न गर्नका लागि ३६ करोड

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा चितवनको भरतपुर विमानस्थलको कार्य सम्पन्न गर्नका लागि ३६ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ को आयव्यय विवरण एवम् बजेट संघीय संसदको संयुक्त बैठक प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् ।