नारायणी नदीमा सिग्नेचर ब्रिज निर्माण कार्य अगाडी बढाउँने

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा चितवनमा रहेको नारायणी नदीमा सिग्नेचर ब्रिज निर्माण कार्य अगाडी बढाउँने बताएको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ को आयव्यय विवरण एवम् बजेट संघीय संसदको संयुक्त बैठक प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । उनले सो कार्यका लागि रु ६ अर्ब २० करोड विनियोजन गरेको बताएका छन् ।