सन्दीप लामिछाने युएई प्रस्थान, भोलि युएईविरुद्धको खेल खेल्ने

काठमाडौँ, १७  फागुन । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं लेगस्पिनर सन्दीप लामिछाने आज दिउँसो युएई प्रस्थान गरेका छन् ।

सर्वोच्च अदालतले विदेश जान अनुमति दिएसंगै लामिछाने विश्वक्रिकेट लिग २ खेल्न आज युएई प्रस्थान गरेको नेपाल क्रिकेट संघ ९क्यान०ले जनाएको छ । सन्दीपलाई अर्का स्पीनर मौषम ढकालको स्थानमा युएई पठाइएको क्यानको भनाई छ । मौषम नेट प्राक्टिसको बेलामा घाइते भएकाले सन्दीपलाई उनको स्थानमा पठाइएको हो ।

यसअघि पाटन उच्च अदालतले सन्दीपलाई विदेश जान रोक लगाएका कारण सन्दीप युएई भ्रमणमा जान पाएका थिएनन् । सन्दीपले आफूलाई विदेश जान पाउ भन्दै सर्वोच्चमा निवेदन दिएका थिए । सोही अनुसार सन्दीपलाई सर्वोच्चले विदेश जान दिन आदेश दिएको थियो । त्यसलगत्तै सन्दीपलाई क्यानले युएई पठाउन प्रक्रिया अघि बढाएको थियो । आइसीसीसंग स्वीकृति माग गरेकोमा आज आधिकारिक रुपमा सन्दीपलाई टिममा समावेश हुन आइसीसीले स्वीकृति दिएसंगै सन्दीप युएई उडेका हुन् ।

नेपाली क्रिकेट टोली लिग अन्तरगतको अन्तिम विदेश भ्रमणको लागि यतिबेला युएईमा रहेको छ । पपुवा न्यूगिनी र युएईविरुद्धको त्रिकोणात्मक सिरिज अन्तरगत पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई पराजित गरेको थियो । सिरिज अन्तरगतको दोस्रो खेलमा नेपालले भोलि ९बिहीबार० घरेलु टोली युएईविरुद्ध खेल्दैछ । नेपालले यस सिरिजमा कम्तीनमा ३ खेल जित्नै पर्ने दवाब छ ।

यस सिरिजको पहिलो खेलमा युएई भने पपुवा न्यूगिनीसंग पराजित भएको थियो । युएई भ्रमणको सबै चार खेलमा जित हात पारे नेपाललाई विश्वकप छनौट प्रतियोगितामा पुग्न केही सहज बन्ने छ ।