विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण तथा चित्रकला प्रतियोगिता

शुक्रनगर, २३ जेठ । विश्व वातावरण दिवसको अवसरमा मदरल्याण्ड  ईङ्ग‌लिस बोडिङ स्कुलमा वृक्षरोपण तथा चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
वडा युवा क्लब भरतपुर-२५ र बाल क्लबको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो  ।

फलफूल लगायत विभिन्न प्रकारका बोटबिरुवा रोपिएको छ । विद्यालयलाई हरबरा बनाउने उद्देश्यका साथ वृक्षरोपण गरिएको हो । डिभिजन वन कार्यालय भरतपुरले उपलब्ध गराएको कपुरको बोट, सल्लाका बिरुवाहरू र अन्य प्रजातिका फूलहरू रोपिएको छ ।

क्लबले विद्यार्थीको चित्रणकला लाई उजागर बनाउने उद्देश्यले वातावरण झल्किने चित्रकला प्रतियोगिता पनि सञ्चालन गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि एवं भरतपुर-२५ वडाध्यक्ष छविलाल सापकोटाले अब दिवसकै दिन मात्र नभई प्रत्येक व्यक्तिले आफ्नो घर परिवार सङ्ख्या बमोजिमको रुख रोप्ने अभियान सञ्चालन गर्नु पर्ने बताउनुभयो । वडा स्तरको क्लबले स्थापनाको छोटो समयमै सृजनात्मक कार्यक्रम सञ्चालन गरेको र अगामी दिनमा पनि यस किसिमको कार्यक्रम ल्याएमा आर्थिक अभावकै कारण पछि हट्न नपर्ने एवम् वडाको  साथ र सह‌योग हुने बताउनुभयो ।

चित्रकला प्रतियोगितामा विद्यालय कक्षा ५ का विद्यार्थीहरू बिच प्रतिस्पर्धा गरिएको थियो । प्रतियोगितामा आदित्य महतो प्रथम, श्रेया गुरुङ द्वितीय र अविशा थापा मगर तृतीय हुनुभएको छ ।

युवा क्लबका अध्यक्ष दीपिका काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्कुल म्यानेजर गणेश पौड्याल, प्र.अ. नवराज भट्ट, सहायक प्र.अ. ईश्वरी तिवारी, विद्यालय  आर्थिक विभाग प्रमुख सुवर्ण न्यौपाने, खेलकुद समिति भरतपुर २५ का अध्यक्ष विनोद श्रेष्ठ, वाल क्लब भरतपुर २५ का अध्यक्ष विवेक थोकर तामाङ लगायत अतिथिहरू उपस्थिति रहेको थियो । कार्यक्रमलाई क्लबका सचिव विनोद अधिकारीले सहजीकरण गर्नुभएको थियो।