मौलाकालिकामा रक्तदान कार्यक्रम हुने

चितवन,३२ जेष्ठ । विश्व रक्तदाता दिवस २०२४ को अवसरमा एस.डि फाउन्डेसन र ब्लड डोनर्स सोसाइटी नेपालको संयुक्त परियोजना “मिसन रेड” र माैलाकालि केबलकार लि को संयुक्त आयोजनामा “धार्मिक कार्य सँगै मानवीय सेवामा जुटौँ” भन्ने मूल नाराका साथ असार १ गते ( शनिवार) माैलाकालीका मन्दिर परिसरमा रक्तदान कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा रक्तदाताले एकैसाथ माैलाकालीका माताको दर्शन र जीवनदान पनि गर्ने पाउने कार्यक्रम संयोजक अर्जुन अधिकारी जानकारी दिनुभयो । माैलाकालीका मन्दिरमा पहिलो पटक रक्तदान हुन लागेको र रक्तदातालाई नि:शुल्क केबलकारको समेत व्यवस्था गरिएको अधिकारीले बताउनुभयो ।

कार्यक्रममा एक सय जना रक्तदाताको अपेक्षा गरिएको छ । चितवन र आसपासका जिल्लामा गर्मीको समयमा रगतको अभावलाई कम गर्न यो कार्यक्रमले सहयोग पुग्ने आयोजकको अपेक्षा छ।