कृषि अनुदान किसान समक्ष पुराउन भरतपुर १९ ले किन्यो ट्राक्टर, १५ सय प्रतीघण्टामा जोताउने सकिने

शारदानगर,२५ असार । कृषि अनुदानलाइ किसान समक्ष पुराउने उदेश्यका साथ भरतपुर महानगरपालिका वडा न। १९ ले ट्राक्टर खरिद गरेको छ ।

कृषकलाई आत्मनिर्भर बनाउन र किसानको उत्पादन लागत कम गर्न ट्राक्टर खरिद गरि कृषकको हा हितका लागी भरतपुर १९ वडा सधै नै रहेको बताउनु हुन्छ वडा अध्यक्ष प्रकाश तामाङ अहिले साधारणतय अन्य ट्राक्टरले जोताउदा ४० ्र४५ सय प्रतिघण्टाको दरले तिर्नु पर्दा कृषक मारमा परेको अबस्थामा वडाको ट्राक्टरले जोताउदा १५ सय प्रतिघण्टा मात्रै लाग्ने बताउनु हुर्दै उक्त रकम वडा भित्रका कृषकलाई मात्र लागू हुने वडाध्यक्ष तामाङले बताउनु भयो । यसबाट वडामा रहेका कृषकलाई उत्पादन लागत कम हुने भए पछि खेती योग्य बाजो जमीनमा पनि खेती गर्न किसानहरु उत्साहीत हुने उहा बताउनु हुन्छ ।

यो बर्ष खेत रोप्दा जोताइ खर्च थोरै लागे पछी खुसी हुनुहुन्छ स्थानीय कृषक ज्ञानु गुरुङ,वडाले आफु जस्तै सबै किसानको लागी यति भारी छुटमा खेत जोताएको बताउनु हुर्दै गुरुङले बाजो जोत्दा वडाले एक रुपैया पनि नलिए पछी दङ्ग भएको बताउनु भयो ।आफ्नो वडाले कृषकको लागि यति सम्म छुट दिए पछी उहाले वडा प्रति नै धन्यवाद दिनु हुर्दै किसानलाइ लक्षीत गर्दै अजै काम गर्न प्रतिनिधिलाइ आग्रह समेत गर्नु भएको छ ।

 

आर्थिक बर्ष २०८०र०८१ को बिनियोजित रकम बाट नै २० लाख रकम ट्राक्टर किन्न बिनियोजित गरिएको बताउनु हुन्छ जनप्रतिनिधि खड्क बहादुर पाख्रीन, खेतीको समयमा भरतपुर १९ भित्रका किसानको लागि बारी जोत्न ट्राक्टर प्रयोगमा ल्याइए पनि पछि भने वडा भित्र नै फोहोर व्यवस्थापन गर्नका लागि यसको प्रयोग हुने बताउनु हुन्छ । १९ नम्बर वडा अन्तर्गतका टोल विसाक सस्थाका प्रतिनिधिहरु सङ फोहोर व्यवस्थापनको सम्बन्धमा कुरा भएको र सबै यो विसयमा सकारात्मक भएको उहाँ बताउनु हुन्छ ।ट्राक्टर खरिद पछि व्यवस्थापन पक्ष लाइ केही चुनौतीको रूपमा हेरिए पनि ट्राक्टर खरिद गरि ल्याइएको र अहिले किसानको बारीमा समेत पुगिसकेको उहाँले बताउनु भयो ।

उत्पादन लागत कम गरेर कसरी खेती गर्न सकीन्छ भन्ने चिन्ताले सताएको बेला भरतपुर महानगर १९ ले किसानलाइ अनुदान दिने क्रममा ट्राक्टर ल्याएर अर्को एउटा सकारात्मक कार्य गरेको छ । वडाले किसानलाइ नै लक्षीत गरेर ट्राक्टरमा भारी छुट दिएको हो ।