भरतपुर महानगरपालिकाद्वारा कृषि समूह, फर्म तथा सहकारीलाई अनुदानमा ६६ थान यन्त्र उपकरण वितरण

चितवन । भरतपुर महानगरपालिकाले कृषि समूह, फर्म तथा सहकारीलाई अनुदानमा ६६ थान यन्त्र उपकरण वितरण गरेको छ । मंगलबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले कृषकलाई उपकरण चाबी हस्तान्तरण गरिन् ।

महानरपालिकाले ५० प्रतिशत अनुदानमा रु २ करोडको यन्त्र उपकरण वितरण गरकोे कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले जानकारी दिए ।