महोत्तरीमा गाँजासहित एक जना पक्राउ

पक्राउ

महोत्तरी, १८ फागुन । लागुऔषध गाँजासहित महोत्तरीमा एक जना पक्राउ परेका छन् ।

४ केजी ५ सय ग्राम गाँजा र नसुकेको ६० वटा गाँजाका बोटसहित जिल्लाको एकडारा गाउँपालिका वडा न।५ बस्ने नवल किशोर मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बुधबार बेलुका मण्डलकै घरबाट उक्त गाँजा फेला पारेर तत्काल पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक प्रकाश पोखरेलले जानकारी दिए । मण्डललाई प्रहरीले जिल्ला अदालत महोत्तरीबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रियालाई अगाडि बढाएको छ ।