द नेक्स्ट एजुकेसन कन्सलटेन्सीको आयोजनामा आफ्नै सुविधा सम्पन्न भरतपुर ओराला स्थित कार्यालयमा सम्पन्न छात्रवृत्ति दिवसमा विभिन्न देशका ३५ जना प्रतिनिधिहरुले उच्च शिक्षाका बारेमा परामर्श दिएका थिए ।
दिवसमा अष्ट्रेलिया, यूके, संयुक्त राज्य अमेरिका, क्यानडा, न्यूजील्याण्ड, डेनमार्क र आयरल्याण्डमा अध्ययन गर्न विकल्पहरू अन्वेषणसगैँ विशेष छात्रवृत्तिका बारेमा जाकारी गराईएको थियो । सोही अवसरमा निःशुल्क आईएलटीएस, पिटिई अभ्यास पुस्तक विद्यार्थीहरुलाई प्रदान गरिएको थियो ।
‘विश्वविद्यालय र कलेजका प्रतिनिधिसँगै विद्यार्थी तथा अभिभावकले जिज्ञासामा संवाद गरेका छन्’ उनले भने ‘ छात्रवृत्रि दिवस बारेमा आफै बुझेका छन्, यसबाट आशंका र अविश्वास पनि हट्नेछ।’
विद्यार्थीले द नेक्स्टले प्रदान गर्ने आईएलटिएस अध्ययन तथा प्रोसेसिङ्ग लगायतका सेवा सुविधाहरुमा भारी छुट प्राप्त गर्ने बताइएको छ। उपस्थित विद्यार्थीहरुलाई आकर्षक गिफ्ट ह्याम्परको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ। सन् २००५ मा डिल्लीबजारमा स्थापित द नेक्स्ट एजुकेसन कन्सलटेन्सीले वैदेशिक उच्च शिक्षाका लागि लोकप्रिय संस्थाको रुपमा विद्यार्थी र अभिभावक माझ स्थापित छ । द नेक्स्टले विदेशमा अध्ययन सकेपछि स्वदेशमै फर्केर आफूले आर्जन गरेको शिक्षा र सिपलाई विकासमा लगाउन समेत अभिप्रेरित गर्दै आएको छ।