आज २०८१ साल भदौ १५ गते शनिबार तदनुसार सन् २०२४ अगष्ट ३१ तारिख। भाद्र कृष्ण पक्षको त्रयोदशी तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : विदेशमा भन्दा स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यका महत्त्वपूर्ण ठाउँमा काम गर्ने अवसर मिल्नेछ। परिवारको व्यवस्थापन गर्न नसक्दा बिबाद बढ्ने जोखिम देखिन्छ। अप्रिय समाचार सुन्नाले खानामा अरुची बढ्नेछ।
वृष : अग्रज तथा सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार हातलागी होला। कृषि तथा पशुपालनमा आम्दानी बढ्नाले धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ।
मिथुन : समयमा सजग नहुँदा तत्कालै फाइदा लिने अवसर पछिलाई धकेलिन सक्छ। बेसुरमा बोल्दा काम बिग्रन सक्छ। अवसर प्राप्त भए पनि चुनौतीसँग जुध्नुपर्नेछ। प्रतीक्षित नतिजा उत्साहप्रद नहुन सक्छ। फाइदा उठाउन प्रतिस्पर्धीहरूबाट जोगिएर काम लिनुपर्ला। वादविवादले समस्या निम्त्याउन सक्छ। आलोचकहरूसँग बोली–व्यवहारमा सजग रहनुहोला।
कर्कट : नयाँ ठाउँको चर्चाले मन छुनेछ। ज्ञान र विज्ञानको मर्म बुझ्ने अवसर प्राप्त हुनेछ। तपाईंले जटिल ठान्नुभएको काम सहजै बन्ने योग छ। प्रेमको नाममा खर्च बढ्नेछ। ऋणको भार बढ्ने भएकाले कारोबार गर्दा सचेत बन्नु राम्रो हुनेछ।
सिंह : लामो समयदेखि मनमा गुम्सिएका भाव पोख्ने समय छ। शुभग्रहको गोचरी बलियो भएकाले नयाँ योजना बनाउने हिम्मत गर्नु राम्रो हुनेछ। परिवारमा प्रेमको सुरुवात हुने दिन छ। विपरीत लिंगप्रति आकर्षण बढ्नेछ। घरमा अतिथिको आगामन हुनेछ।
कन्या : मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् र फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। तर आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको प्रतिफल हातपार्न केही समय लाग्न सक्छ।
तुला : मिहिनेतले विशेष जिम्मेवारी दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ भने आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम सम्पादन गर्ने समय छ। साथीभाइको सहयोगले पनि काममा उत्साह जगाउनेछ।सामाजिक दायित्व बढ्नेछ। महत्त्वाकांक्षी योजना थालनी हुनेछ।
वृश्चिक : दैनिकी उत्साहजनक छ। परिवारसँग रमाइलो घुमघाम हुनेछ। नराम्रो समाचारले भने केही समय मन अशान्त बन्नेछ। ठुला व्यक्तिसँगको संगतले समाजसेवाको अवसर मिल्नेछ।
धनु : नयाँ कामको थालनी हुनेछ। साथीको सहयोगमा ठुलाठुला कामको सुरुवात हुनेछ। समाज र राज्यले गरेको बेथितिको बारेमा चर्चा र परिचर्चा हुने भएकाले सभ्य समाजको सुरुवात हुनेछ। परिवारसँग रमाइलो भेटघाट हुने योग छ।
मकर : सञ्चित धन खर्च हुनेछ। सँगैका साथीले तपाईंको कुर काट्ने खतरा छ। तपाईंको कार्यशैको चारैतिरबाट आलोचना हुनेछ। न्यायपूर्वक गरेको लगानी र परिवारसँगको सम्बन्धले दिन रमाइलोे बन्नेछ।
कुम्भ : दिन सामान्य छ। परिवार, समाज र प्रेमिकाबाट अबहेलना हुनेछ। राज्यको तर्फबाट भय र त्रासको सम्भावना छ। यसले मन दुःखी बनाउने छ। राजनीतिक संगठनले भने संकटमा तपाईंलाई साथ दिनेछ।
मीन : अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दुस्ख दिनेछन्। व्याहारिक समस्याले योजना रोकिन सक्छ। कामको चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिन सक्छ। मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ। तापनि मिहिनेत गर्दा नतिजा सकारात्मक हुनेछ। अध्ययनमा गुरुजनको सहयोग लिँदा फाइदा हुनेछ।