आठ दलीय गठबन्धनले आज सांसदहरुको अभिमुखीकरण कार्यक्रम गर्दै

काठमाडौं, १८ फागुन । नेपाली कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनले आज राष्ट्रपति निर्वाचनलाई लक्षित गरी संघीय सांसदहरुको अभिमुखीकरण कार्यक्रम गर्दैछ ।

नेपाली कांग्रेसको संयोजन र व्यवस्थापनमा दिउँसो एक बजे तीनकुनेको एक व्यांक्वेटमा हुने कार्यक्रममा राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्यहरुलाई बोलाइएको कांग्रेसले जनाएको छ । कार्यक्रमलाई आठ दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका सांसदहरू अभिमुखीकरण कार्यक्रममा सहभागी हुनेछन् ।

माघ २५ गते हुने राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् ।

ताजा समाचार