ब्लड डोनर्सको कबिता लेखन प्रतियोगितामा भण्डारी प्रथम

चितवन, २५ फागुन । सामाजिक संस्था ब्लड डोनर्स सोसाइटिले आयोजना गरेको कविता लेखन प्रतियोगितामा गोपिराम भण्डारी प्रथम हुनुभएको छ । संस्थाको दोस्रो वार्षिकोत्सवको अवसरमा म एक रक्तदाता बिषयमा १३३ जना प्रतियोगीले कविता रचना गरेका थिए ।

कविता लेखन प्रतियोगितामा गोपाल दाहालले द्वितीय स्थान हासिल गर्न सफल हुनुभएको छ, यस्तै प्रशंसा तामाङले तृतीय स्थान हासिल गर्नुभएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद ५ हजार सहित प्रमाणपत्र, द्वितीय हुनेले नगद ३ हजारसहित प्रमाणपत्र र तृतीय हुनेले नगद २ हजारसहित प्रमाणपत्र कार्यक्रम माझ हस्तान्तरण गरिने जानकारी छ  । साथै सम्पुर्ण प्रतियोगीलाइ इमेल मार्फत् प्रमाणपत्र दिइएको आयोजकले बताएको छ । देशमा रगतको अभाव हुदै गएकाले रक्तदान गर्न प्रोत्साहन गर्ने उद्धेश्यले कविता लेखन प्रतियोगीता सञ्चालन गरेको संस्थाले अध्यक्ष अर्जुन अधिकारीले बताउनुभयो । यस किसिमको प्रतियोगिताले सिर्जनात्मक क्षमता अभिबृद्धि गर्ने एवम् रक्तदाताहरुलाई रक्तदान गर्न प्रोत्साहित गर्ने अधिकारीको भनाई छ ।

कार्यक्रममा निर्णयकका रुपमा केन्द्रिय रक्तसञ्चार सेवा नेपाल रेडक्रस सोसाईटिका निर्देशक दिव्य राज पौडेल, लेखक तथा विश्व साइकल यात्री पुष्कल शाह र कवि तथा रगंमञ्ज कर्मी केदार श्रेष्ठ रहनुभएको थियो ।