डिजिटल विज्ञापनको क्षेत्रमा अब्बल बन्दै डिजिटल सेवा नेपाल

भरतपुर, ८ वैशाख । विगत ५ वर्ष देखी चितवनको भरतपुर १० मा कार्यालय रहि देशैभर सेवा दिँदै आइरहेको डिजिटल सेवा नेपालले डिजिटल विज्ञापनका क्षेत्रमा आफूलाई अब्बल कम्पनीका रूपमा स्थापित गर्न सफल भएको छ । सूचना प्रविधि कम्पनीका रूपमा सुरू भएको यो कम्पनीले अहिले डिजिटल विज्ञापनसँग सम्बन्धित सेवा प्रदान गरिरहेको छ ।

पछिल्लो समय डिजिटल सेवा नेपालले ग्राफिक्स डिजाइनिङ, सामाजिक सञ्जालमा विज्ञापन, सामाजिक सञ्जाल व्यवस्थापन, वेवसाइट निर्माण लगायतका सेवाहरु प्रदान गरिरहेको । कम्पनीले अहिलेसम्म साना तथा मझौला गरी पाँच सयभन्दा बढी व्यवसायीलाई सेवा दिदैँ आईरहेको कम्पनीका प्रमुख अर्जुन अधिकारीले बताउनुभयो ।

अहिले दिनहुँ सामाजिक संञ्जालको प्रयोगकर्ता बढिरहेको र इन्टरनेटको माध्यमबाट गरिने विज्ञापनले व्यवसायीहरुलाई लाभ दिने प्रमुख अधिकारीले बताउनुभयो । देशमा विश्वासनिय कम्पनीको रुपमा स्थापित भएको डिजिटल सेवा नेपालले अन्तराष्ट्रिय ग्राहकलाई पनि सेवा दिने तयारीमा रहेको अधिकारीले जानकारी दिनुभयो ।