सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरलाई सर्वोच्चको आदेश

नेपालको_सर्वोच्च_अदालत

काठमाडौं, ८ वैशाख । सर्वोच्च अदालतले सिंहदरबार, राष्ट्रपति कार्यालयको फोहोर उठाउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले आफ्नो आदेश प्राप्त गरेको मितिले तीन दिनभित्र फोहोर उठाउन अन्तरिम आदेश दिएको सर्वोच्च अदालतले जनाएको छ ।

अधिवक्ता पदमबहादुर श्रेष्ठले गएको हप्ता दिएको रिटमा पहिलो सुनुवाइ गर्दै उक्त इजलासले यस्तो आदेश दिएको हो ।