तनहुँ-१ अपडेट : करिब २० हजार मतगणना सकियो

तनहुँ, ११ बैशाख ।  उपनिर्वाचनअन्तर्गत तनहुँ १ मा हालसम्म १९ हजार ७९९ मतगणना भएको छ ।

त्यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले १० हजार ५३७ मत पाएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५ हजार ३३६ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ३ हजार २९१ मतका साथ भट्टराईलाई पछ्याइरहेका छन् ।