बारा २ को मतगणना केहीबेरमा सुरु हुने

बारा, ११ बैशाख  । बारा क्षेत्र नम्बर २ को मतगणना केहीबेरमा सुरु हुने भएको छ । सर्वदलीय बैठक सकिएलगत्तै मतगणना सुरु हुने भएको हो । मतगण्मनाका लागि दलका प्रतिनिधिहरु मतगणनास्थलमा उपस्थिति भएका छन् ।

मतगणनास्थलमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । पहिलो चरणमा २ स्थानबाट मतगणना शुरु गरिने मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जनाएका छन् ।