जिल्ला प्रशासन कार्यालय चितवनले बिदाको दिनमा पनि सेवा दिने

चितवन, १२ वैशाख । जिल्ला प्रशासन कार्यालय चितवनले वर्षभरका १६ वटा सार्वजनिक बिदाको दिनमा नागरिकलाई सेवा दिने भएको छ ।

कार्यालयले आज एक सूचना प्रेषित गरेर राहदानी, नागरिकता र राष्ट्रिय परिचयपत्र जस्ता अत्यावस्यक सेवाहरु विभिन्न चाडपर्वको सार्वजनिक बिदामा पनि उपलब्ध गराउने जनाएको हो ।

जसमा वैशाख पूर्णिमा, गणतन्त्र दिवस, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, क्रिसमस, ईद, ल्होसार, उधौली, उभौली पर्वलगायत रहेका छन् ।