महावीर पुनको धर्नालाई डा.गोविन्द केसीको समर्थन

काठमाडौं, वैशाख १७ । वरिष्ठ चिकित्सक गोविन्द केसीले महावीर पुनको धर्ना आन्दोलनलाई ऐक्यवद्धता जनाएका छन् । गत शुक्रकार देखि सरकारसँग विभिन्न चार माग राखेर माइतिघरमा आन्दोलनरत् पुनलाई भेटेर आज केसीले उक्त आन्दोलनमा समर्थन गरेका हुन् ।

केसीले समर्थन जनाएपछि धन्यवाद दिँदै पुनले भने अर्थतन्त्र सुधार गर्नका लागि पनि नवप्रवर्तन आवश्यक रहेको र आफु नवप्रवर्तमा सरकारको ध्यान जाओस् भन्नकै लागि धर्नामा बसेको बताएका छन् ।

‘अर्थतन्त्र सुधार्ने बीऊ हो आविष्कार। यो बीऊ रोपेन भने अर्थतन्त्र सुध्रिदैन,’ पुनले भने, ‘जब पैसा आउने काम नै नगरेसम्म पैसा आउँदैन र अर्थतन्त्र सुध्रदैन। बीऊ भनेको अनुसन्धान हो, आविष्कार हो।’

अहिलेसम्मका प्रधानमन्त्रीले आविष्कारका क्षेत्रलाई प्राथमिकता नदिएको पुनको आरोप छ। उनले आगामी आर्थिक वर्षको बजेटमा कम्तीमा एक प्रतिशत बजेट आविष्कारका क्षेत्रलाई बिनियोजन गरिनुपर्ने बताए।

पुनले सरकारले आफ्नो माग सम्बोधन गर्ने प्रतिवद्धता नजनाएसम्म आन्देलन जारी रहने पनि बताएका छन्