भरतपुर १८ मा महिला शसक्तिकरण तथा एक दिने उद्घोषण कार्यक्रम सम्पन्न

गुन्जनगर । सामाजिक सस्था सोच परिवर्तन नेपालले भरतपुर १८ को सभाहलमा महिला शसक्तिकरण तथा एक दिने उद्घोषण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतीथि एवम् भरतपुर १८ का जनप्रतिनिधि दिलु गजमेरले अबको बजेटमा महिला दिदिबहिनीहरुको लागि क्षमता बिकासको लागि उद्घोषण तालीमको लागि बजेट पार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ४० जना सहभागीहरुलाइ प्रशिक्षक पुनम मगरले प्रशिक्षण गराउनु भएको हो ।

कार्यक्रममा शिक्षाविद् बिश्व राज अर्याल, सुनिल पन्डित, राइगन्ज टोल विकास सस्थाका अध्यक्ष सिह बहादुर तामाङ,शान्ति टोल विकास सस्थाका अध्यक्ष नौ माया तामाङ,भिमेश्वर टोल विकास सस्थाका अध्यक्ष मित्र बहादुर गुरुङ, गुन्जनगर टोल बिकास सस्थाका अध्यक्ष निर्मल रानाभाट लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।