गुञ्जनगर माविमा अन्तरविद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

चितवन, २० बैशाख । सोच परिवर्तन नेपालले दोस्रो वार्षिकोत्सबको अवसरमा अन्तरविद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । गुञ्जनगर मावि को प्राङ्गणमा भएको कार्यक्रममा नौ बिधालयहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा सेन्ट्रल कलेज भोकसेनल ट्रेनिङका प्राध्यापक योग्य विलास पौडेलले यस्ता कार्यक्रमले विद्यार्थीहरुका क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बताउनुभयो । जीवन उपयोगीता सीप तथा पाठक्रम भन्दा बाहिरी ज्ञानको बारेमा विद्यार्थीहरुलाइ जानकारी गराउने उद्वेश्यले यस कार्यक्रम सञ्चालन गरेको पौडेलले संस्थाप्रती आभार व्यक्त गर्नुभयो । संस्थाले  उपयोगी र सिर्जनशील कार्यक्रम सञ्चालन गरेमा सेन्ट्रल कलेजले सधै साथ र सहयोग गर्ने बताउनु भयो ।

बुधबार सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा जनप्रिय पब्लिक स्कुल प्रथम हुन सफल भएको छ । गुञ्जनगर माविले दोस्रो स्थान हासिल गर्दा शशिनगर मावि भने तेस्रो भएको छ ।

कृष्ण हरी अधिकारी, भानुभक्त अर्याल, प्रकाश अर्याल, रविन्द्र घिमिरे र सीता शर्मा ढकाल लगायत व्यक्तिहरुको उपस्थिति रहेको कार्यक्रमलाई सोच परिवर्तन नेपालका अध्यक्ष शिवराज कंडेलले सहजीकरण गर्नुभएको थियो ।