असिनापानीले मकैबाली र लहरे तरकारीमा क्षति

गण्डकी । शनिबार साँझ परेको असिनापानीका कारण मकैबाली र लहरे तरकारीमा क्षति पुगेको छ । साँझको समयमा हावाहुरीसहित आएको असिनापानीले पोखरा महानगरपालिका वडा नं २३, २४, ३२, ३३ लगायत वडाका मकैबाली तथा लहरे तरकारीलाई क्षति पु¥याएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । केही स्थानमा क्षति पु¥याएको जानकारी आए पनि त्यसको यकिन विवरण भने प्राप्त नभएको उनले बताए ।
वडा नं ३२स्थित तल्लो गगनगौडाको बेलबुटे र आसपासका क्षेत्रमा मकैबालीका साथै फल्ने बेलाको लहरे तरकारीमा क्षति पुगेको स्थानीयवासीले बताए । हावाहुरीसहितको असिना पानीले मकैका पात छियाछिया बनाएको छ भने फल्ने तयारीमा रहेका लहरेबालीमा समेत क्षति पुर्‍याएको छ ।

ताजा समाचार

फिस्लिङ दुर्घटना: कार चालकको उपचारको क्रममा मृत्यु

फिस्लिङ दुर्घटना: कार चालकको उपचारको क्रममा मृत्यु

मौलाकालिकामा रक्तदान कार्यक्रम हुने

मौलाकालिकामा रक्तदान कार्यक्रम हुने

जेठ २९ गते मंगलबारको वैदिक राशिफल

जेठ २९ गते मंगलबारको वैदिक राशिफल

गर्मी बढेसँगै चितवनमा पर्यटकको सङ्ख्यामा कमी

गर्मी बढेसँगै चितवनमा पर्यटकको सङ्ख्यामा कमी

चितवनमा रगत पाउनै मुस्किल

चितवनमा रगत पाउनै मुस्किल