बेम्बो थकाली रेस्टुरेन्टमा म्याद गुज्रिएको बियरकाे बिक्री

काठमाडौं । राजधानी काठमाडौंको शान्तिनगरस्थित बेम्बो थकाली रेस्टुरेन्ट तथा लजमा म्याद गुज्रिएको Budweiser बियरकाे बिक्री भइरहेको पाइएको छ। हामीले यस रेस्टुरेन्टका प्रबन्धकसँग कुन बिक्रेताबाट सामान आको जानकारी माग्दा उनले दिएनन् ।

यो समस्या यहाँको मात्र नभएर नेपाल भरीमै रहेको छ। यो बियर कम्पनीले आफ्नो स्टाक सकाउनको लागि स्किममा म्याद भएको र म्याद सकिने मिति नजिकै भएको समान बजारमा आपूर्ति गरिरहेको छ। अनुगमन टोलीले म्याद गुज्रिएको बियरलाई छिटोभन्दा छिटो सिल गर्नुपर्ने देखिएको छ ।