बेस्ट डेस्टिनेशनले सम्पन्न गर्यो आफ्नो पाँचौ सेमिनार

बेस्ट डेस्टिनेशन एजुकेशन प्रा.ली

चनौलि, ६ जेठ । भरतपुर महानगरपालिका १८ चनौलीमा रहेको बेस्ट डेस्टिनेशन एजुकेशन प्रा.लीले आफ्नो पाँचौ सेमिनर सम्पन्न गरेको छ । शैक्षिक परामर्श केन्द्र चितवन शाखाका अध्यक्ष समुन्द्र अर्यालको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा शैक्षिक व्यक्तित्व ईश्वर आचार्य, नोवेल बोर्डिङ स्कुलका प्राचार्य एवम बेस्ट डेस्टिनेशन एजुकेशन प्रा।लीका सल्लाहाकार पुस्पराज अधिकारी, शहिद स्मारक कलेजकाका साहयक प्रार्चाय राजु रानाभाट, बेस्ट डेस्टिनेशन एजुकेशन प्रा.ली टाँडी शाखाका कार्यकारी निर्देशक जनक घिमिरे, लोकेन्द्र बाहादुर क्षेत्री, श्याम सुन्दर शाह, १७ वर्ष देखी पूर्वि चितवनमा शैक्षिक परामर्श दिईरहनुभएको सन्तोष खनाल लगायतका व्यक्तीहरुको कार्यक्रममा उपस्थिति रहेको थियो । बेस्ट डेस्टिनेशन एजुकेशन प्रा.लीका प्रबन्ध निर्देशक संजय कुवरले कार्यक्रममा जापान जानको लागि आवस्यक पर्ने योग्यता, डकुमेन्ट्रीको प्रक्रिया, भिजा प्रक्रिया जापान सम्बन्धित सम्पूर्ण जानकारी दिनुभएको थियो । कार्यक्रममा कार्यलयका सर्वोकृष्ट विद्यार्थीहरुलाइ सम्मान पनि गरिएको थियो भने विविध सांस्कृतिक कार्यक्रम सगै विभिन्न खेल पनि खेलाइएको थियो

कार्यक्रममा प्रमुख अतिथी अर्यालले पश्चिम चितवनको चनौली बजारमा स्थापना भएको बेस्ट डेस्टिनेशन एजुकेशन प्रा.ली उच्च शिक्षा अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीहरुको लागी एउटा सफल माध्यम भएको बताउनुहुदैँ विदेश जाने तयारी गर्दा आफ्नो उच्च शिक्षा गर्न छोड्ने एवम् क्याम्पस नजाने प्रवृत्ति बढेको र अन्तिममा कतै सफल नभएको उदाहरण दिदैँ क्याम्पस पनि पढ्न अनुरोध गर्नुभयो ।

वि.स. २०७५ सालमा स्थापना भएको बेस्ट डेस्टिनेशनले टाडी बजार, काठमाडौँको बागबजार, दाङ घोरहि बाट आफ्नो कार्य सन्चालन गर्दै आइरहेको छ । प्रबन्ध निर्देशक कुवरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाइ देउ कुमार थापाले सहजीकरण गर्नु भएको थियो ।