देशभर शाखा विस्तार गर्दै चितवनको सेन्ट्रल कलेज

चितवन । चितवनमा केन्द्रीय कार्यालय रहेको सेन्ट्रल कलेजले अव देशभर शाखा विस्तार गर्ने भएको छ । कलेजले फ्रेन्चाइज मोडलमा शाखा विस्तार गर्न लागेको हो । पहिलो चरणमा देशका १९ ठाँउमा शाखा विस्तारका गर्न लागिएको कलेजका प्रिन्सिपल यज्ञ विलाश (वाइबी) पौडेलले जानकारी दिनुभयो । अहिले कलेजको केन्द्रीय कार्यालय शहिदचोक नारायणगढ चितवन र देशका १३ ठाँउमा शाखा कार्यालयहरु रहेका छन् । कलेजले चितवनको पर्सा, सौराहाचोक टाँडी, नवलपुरको कावासोती, नवलपरासीको वर्दघाट र सुनवल, रुपन्देहीको मिलनचोक बुटवल, पोखराको न्यरोड, तनहुँको दुलेगौडा, भिमाद, दमौली, डुम्रे, हेटौंडा र काठमाडौंमा शाखा कार्यालय संचालन गरिसकेको छ ।

शैक्षिक परामर्शको क्षेत्रमा सफलतासहित नमुनाको रुपमा अघि बढेको कलेजले अब फ्रेन्चाइज मोडलको पहिलो चरणमा चितवनको मुग्लिन, धादिङको मलेखु, धादिङबेसी, गोरखाको गोरखा बजार र ठाँटी पोखरी, लम्जुङको सुन्दरबस्ती र बेसिशहर, पर्साको सिमरा र विरगन्ज, भैरहवा, कपिलबस्तु, मुर्गिया, गोरुसिंगे, पाल्पा, पाल्पा रामपुर, वालिङ, स्याङजा बजार, पर्वत, बाग्लुङ र म्याग्दीमा शाखा विस्तार गरिने प्रिन्सिपल पौडेलले जानकारी दिनुभयो । कलेजले फ्रेन्चाइज मोडलमा शाखा संचालन गर्न चाहानेले सम्पर्क गर्न समेत अनुरोध गरेको छ । शैक्षिक परामर्श व्यवसाय संचालन गरिरहेका व्यवसायी, जापान अष्ट्रेलिया लगायतका देशमा अध्ययन तथा काम गरेर फर्किएका युवा र यस क्षेत्रमा काम गर्न इच्छुक अनुभवी व्यक्तिहरुले कलेजमा सम्पर्क गर्न सक्नेछन् ।

सेन्ट्रल कलेजमा भाषा अध्ययन अध्यापन र भिजा प्रोसेसका लागि देशभरका विद्यार्थीको माग छ, प्रिन्सिपल पौडेलले भन्नुभयो’, विद्यार्थी र अभिभावकको सहजताका लागि देशका विभिन्न सहरमा शाखा विस्तार गर्न लागेका हौं ।’ उहाँले अहिलेसम्म सेन्ट्रल कलेजले उच्च शिक्षामा अध्ययन गर्न जापान, अष्ट्रेलिया लगायतका देशमा जाने विद्यार्थी र अभिभावकको मन जित्दै आएका कारण देशभरबाट सेन्ट्रल कलेजमा विद्यार्थीको आकर्षण बढेको बताउनुभयो । उहाँले कलेजले सधैं उत्कृष्ट नतिजा हाँसिल गरेका कारण पनि विद्यार्थी र अभिभावको मन जित्न सफल भएको बताउनुभयो । ‘भिजा सफलता नै परामर्श क्षेत्रको पहिलो सफलता हो’, त्यो सेन्ट्रल कलेजबाट सम्भव छ र कलेजले अधिकांस विद्यार्थीलाई भिजा दिलाउन सफल भएको छ,उहाँले भन्नुभयो ।’

कलेजले चितवनको नारायणगढमा आफ्नै भवन सेन्ट्रल टावर समेत निर्माण गरिरहेको छ । कलेजले लायन्सचोकस्थित आफ्नै जग्गामा भवन निर्माण गरिरहेको हो । यस्तै कलेजले बिद्यार्थीका लागि आफ्नै बस सेवा समेत सुरु गरेको छ । चितवन र नवलपुरका विभिन्न क्षेत्रका विद्यार्थीलाई लक्षित गरेर कलेजले बस सेवा सुरु गरेको प्रिन्सिपल पौडेलले बताउनुभयो । पहिलो चरणमा पश्चिम चितवनको चनौली, पार्वतिपुर,गितानगर र पूर्वी चितवनको पदमपुर तथा नवलपुरको अमरापुरी गरी पाँच वटा काउन्टर संचालन गरेर बस सेवा प्रदान गरिएको उहाँले बताउनुभयो ।

सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, क्यानडा, युके, युएसए लगायतका देशमा उच्च शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीलाई आइएलटिएस पिटिइका कक्षा संचालन संगै परामर्श दिने काम गरिरहेको छ । यस्तै कलेजले जापान तथा कोरियामा उच्च शिक्षा अध्ययन तथा वर्किङ भिजामा लागि जान चाहाने विद्यार्थीहरुका लागि पनि कलेजले परामर्श र भाषा कक्षा दिइरहेको छ ।

बर्षौदेखि उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहाने विद्यार्थीहरुको चाहाना पुरा गर्दै आइरहेको सेन्ट्रल कलेजले उत्कृष्ट नतिजा हासिल गर्दै आइरहेको छ । जापानसंगै अष्ट्रेलिया, क्यानडा र यूरोपका देशहरुमा पनि विद्यार्थीले धमाधम भिजा प्राप्त गरिरहेको कलेजले जनाएको छ । कलेजले पछिल्लो समय साउथ कोरियामा अध्यननका लागि जान चाहाने विद्यार्थीलाई पनि लक्षित गरेर धमाधम आइएलटिएस तथा भाषा कक्षाहरुसंचालन गरिरहेको छ ।

कलेजले जापानको नागोया सहरमा आफ्नै कार्यलय समेत संचालन गरिसकेको छ । निकट भबिष्यमा नै कलेजले विद्यार्थीका लागि छात्र र छात्रा होस्टलको व्यवस्था गरेर अध्ययन अध्यापन गराउने तयारी गरिरहेको जनाएको छ ।