एक विद्यालय एक रोजगार अभियानमा चितवनको सेन्ट्रल कलेज

चनौली । चितवनको सेन्ट्रल कलेजले अब एक विद्यालय एक रोजगार अभियान सञ्चालन गर्ने भएको छ । पहिलो चरणमा पश्चिम चितवनका विद्यालयबाट यो अभियान सञ्चालन गर्ने चनौलीमा आयोजित एक कार्यक्रमको बिचमा सेन्ट्रल कलेजका  प्रिन्सिपल यज्ञ विलाश (वाइबी) पौडेलले जानकारी दिनुभयो ।

अहिले १२ कक्षाको परिक्षा दिएर बस्नुभएका विद्यार्थीहरुलाइ लक्षित गर्दै सेन्ट्रल कलेजले यो कार्यक्रम सञ्चालन गरेको प्रिन्सिपल पौडेलले बताउनुभयो । देशमा बढ्दो बेरोजगार र १२ दिएका विद्यार्थी कामका लागी विभिन्न जब लिंकमा धाउदा ठगी भइरहेको विभिन्न घटना सञ्चार माध्यममा आएकाले यस किसिमको अभियान सञ्चालन गरिएको पौडेलको भनाइ छ । पश्चिम चितवनका विद्यालयबाट आवेदन दिएर रोजगारीको अन्तर्वार्तामा नाम निकाल्न सफल विद्यार्थीहरुलाइ एक महिनाको तालीम र तालिमबाट उत्कृष्ट एक विद्यार्थीलाइ आफ्नो पाएकको काउन्टरमा तथा एक विद्यार्थीलाई मुख्य कार्यालयमा समेत रोजगारी दिने पौडेलले दाबी गर्नुभयो ।

पोडेलका अनुसार पहिलो चरणमा पश्चिम चितवनको मेघौली, चनौली र पूर्वी चितवनको पदमपुर, खोलेसिमलका विद्यार्थीलाई बस सेवा प्रदान गरेको छ । कन्सल्टेन्शीहरु मध्ये सेन्ट्रल कलेजले पहिलो पटक निशुल्क बस सेवा प्रदान गरेको र रोजगारको अभियान सञ्चालन गरेको कलेजको दाबी रहेको छ ।

चितवनको कन्सल्टेन्शी जगतमा ब्राण्डका रुपमा स्थापित रहेको सेन्ट्रल कलेज विभिन्न सामाजिक कार्यहरुमा पनि सक्रिय छ । चितवनमा हुने अधिकांश सामाजिक कार्यहरु सेन्ट्रल कलेजको सहयोगबाटै हुने गरेको छ ।