मैले गणतन्त्र जिन्दाबाद भन्न सकिन

हिरालाल केसी

तर पनि…….

साथी !
मलाई भाेकले बाेली नै अाउंदैन
क्षमा गर
मैले गणतन्त्र जिन्दावाद भन्न सकिन
राेगले अाेछ्यानमा थला परेकाे छु
उत्सवमा भाग लिन सकिन
साथी !
मलाई क्षमा गर
मैले गणतन्त्र दिवस मनाउन सकिन ।।

साथी !
म भर्खर चाेकमा तरकारी घाेप्ट्याएर अाएकाे छु
घाटाकाे तनावले रन्थनिएर बसेकाे छु
पल्लाे घरकाे साईलाले दूध घाेप्ट्यायाे
माथिल्लाे घरकी दिदी
लघुवित्त बिरुद्धकाे अान्दाेलनमा छिन्
क्षमा गर साथी !
म गणतन्त्रकाे उत्सवमा अाउन सकिन ।
मैंले गणतन्त्र जिन्दावाद भन्न सकिन ।।

साथी !
हिजाे गाेली लागि पिप बगिरहेकाे जनयाेद्दा
मृत्युसैयामा छटपटाईरहेकाे छ
क्रान्तिका लागि झाेला बाेकेकाे कार्यकर्ता
अाज खाडीतिर रुन्छ
म घाईते याेद्दालाई मलम लगाउं कि
खाडीकाे कमरेडलाई सम्झाउं ?
क्षमा गर साथी म गणतन्त्र उत्सवमा
अाउन सकिन
उफ्री उफ्री गणतन्त्र जिन्दावाद भन्न सकिन ।

साथी !
मेराे वरिपरि अझै पनि
दुईखाले पाठशाला छन्
दुईखाले अस्पताल छन्
दुई खाले न्यायका तराजु छन्
गणतन्त्र वरिपरि लपेटिएकाे माफियाले
मलाई नजिक पर्नै दिदैन
यस्ताे बेला क्षमा गर साथी
मैले छात्ती खाेलेर गणतन्त्र जिन्दावाद भन्न सकिन ।।

साथी !
गणतन्त्र उत्सवमा अाउन सकिन
गणतन्त्र जिन्दावाद भन्न सकिन
तर पनि
टाढैबाट गणतन्त्रलाई
मेराे अगाध माया छ भनिदिनु है !
किनकी
मेराे पनि त्यसमा धेरै पसिना बगेकाे छ ।