सबैभन्दा धेरै भरतपुर महानगरले १ अर्ब ७५ करोड ३ लाख अनुदान पाएको छ । जसमा १ अर्ब २६ करोड ७२ लाख सशर्त र ३९ करोड ६ लाख समानीकरण अनुदान पाएको छ । यस्तै २ करोड ७५ लाख समपूरक र ६ करोड ५० लाख रुपैयाँ विशेष अनुदान पाएको छ ।
कालिका नगरपालिकाले ४२ करोड ७० लाख रुपैयाँ अनुदान पाएको छ । जसमा १३ करोड ४९ लाख समानिकरण, २६ करोड ९६ लाख सशर्त, १ करोड ५० लाख विशेष र ७५ लाख रुपैयाँ समपुरक अनुदान पाएको छ ।
खैरहनी नगरपालिकाले पनि ४२ करोड ७० लाख रुपैयाँ अनुदान पाएको छ । जसमा १५ करोड ७६ लाख समानीकरण, २४ लाख १४ हजार सशर्त, २ करोड विशेष र ८० लाख रुपैयाँ समपुरक अनुदान पाएको छ ।
माडी नगरपालिकाले ४७ करोड ५१ लाख रुपैयाँ अनुदान पाएको छ । जसमा १२ करोड १५ लाख समानीकरण, ३३ करोड ६ लाख सशर्त, १ करोड ८० लाख विशेष र ५० लाख रुपैयाँ समपुरक अनुदान रहेको छ ।
रत्ननगर नगरपालिकाले ५७ करोड १४ लाख रुपैयाँ अनुदान पाएको छ । जसमा १८ करोड १४ लाख समानीकरण, ३६ करोड २० लाख सशर्त, १ करोड ६० लाख विशेष र १ करोड २० लाख समपुरक अनुदान रहेको छ ।
राप्ती नगरपालिकाले ५३ करोड ५९ लाख रुपैयाँ अनुदान पाएको छ । जसमा १६ करोड ४ लाख समानीकरण, ३४ करोड ७५ लाख सशर्त, २ करोड विशेष र ८० लाख समपुरक अनुदान रहेको छ ।
जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनाले ३९ करोड ९ लाख रुपैयाँ अनुदान पाएको छ । जसमा ९ करोड ८७ लाख समानीकरण, २६ करोड ७ लाख सशर्त, १ करोड ५० लाख विशेष र १ करोड ६५ लाख रुपैयाँ समपुरक अनुदान रहेको छ ।