जलबिरेमा अस्थायी प्रहरी पोष्ट स्थापना : विपद्को समयमा ‘क्विक रेस्पोन्स’ हुने विश्वास

चितवन, १९ असार ।  मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोका कारण हुने समस्या तत्कालै हल गर्ने उद्वेश्यसहित चितवन प्रहरीले अस्थायी प्रहरी पोष्टको स्थापना गरेको छ । चितव प्रहरी प्रमुख एसपी रामेश्वर कार्काीको पहलमा यहाँ पिहरोबाट हुने क्षति कम गर्न र विपद्को समयमा ‘क्विक रेस्पोन्स’ गर्न इच्छाकामना गाउँपालिका वडा नं. ६ जलबिरेमा अस्थाई प्रहरी पोष्ट राखिएको हो ।

लाइफलाइनको रुपमा रहेको नारायणगढ–मुग्लिङ सडकखण्डमा पहिरोको कारण हुनसक्ने सडक अवरोध र सो समयमा तत्काल खटिई राजमार्ग सुचारु गर्न तथा यात्रुलाई आवश्यक सहयोगको लागि अस्थायी प्रहरी पोष्ट खडा गरिएको चितवन प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । उक्त पोष्ट राख्ने सम्बन्धमा असार १३ गते जिल्ला सुरक्षा समितिले निर्णय गरेको थियो । पोष्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ट्राफिक प्रहरीसहित छ जना रहने व्यवस्था मिलाइएको छ ।

अस्थायी प्रहरी पोष्ट स्थापना भएको ठाउँ अनकन्टार स्थानमा रहेको र सडक अवरुद्ध भएको खरबसमेत अलि ढिलोगरी मात्र पुग्ने भएकोले उक्त स्थानमा अस्थायी प्रहरी पोष्ट राखिएको हो । अस्थायी प्रहरी पोष्ट स्थापना भएपछि अब अप्ठ्यारो परेको अवस्थामा छिट्टै ‘रेस्पोन्स’ हुने विश्वास लिइएको छ ।