आज सबैभन्दा धेरै गर्मी र दिन लामो हुने

काठमाडौं, २१ असार। बिहीबार पृथ्वी सूर्यबाट सबैभन्दा टाढाको दुरीमा पुग्ने भएको छ ।

जसका कारण उत्तरी गोलार्धमा सबैभन्दा लामो दिन र धेरै गर्मी हुने खगोलशास्त्रीहरुले बताएका छन् । अक्सर पृथ्वी र सूर्यको दूरी १५ करोड किलोमिटरको हुने गर्दछ । तर,बिहीबार पृथ्वी सूर्यदेखि १५ करोड २० लाख किलोमिटर पर पुग्ने छ ।

सूर्यबाट झन टाढा पुग्दा पृथ्वीको घुम्ने गति ढिलो हुँदा दिन लामो हुने छ भने टाढा पुगेको पृथ्वी सूर्यतर्फ बढी ढल्किने छ । जसका कारण उत्तरी गोलार्धमा गर्मी धेरै हुने खगोलशास्त्रीहरुको भनाइ छ ।

पृथ्वी बिहीबार आफ्नो अक्षमा २३ दशमल ५ डिग्री सूर्यतिर झुक्ने छ । जसका कारण पृथ्वीमा सूर्यको प्रकाश तेज पर्नेछ ।दक्षिण गोलार्धमा भने बिहीबार सबैभन्दा लामो रात हुने छ ।

पृथ्वीको उत्तरी गोलार्धमा ९० प्रतिशत बसोबास रहेको छ ।