पूर्वी चितवनको खैरहनीमा ट्रकको ठक्करबाट स्कुटर चालक घाइते

चितवन,२२ असार । पूर्वी चितवनको खैरहनी नगरपालिकाको ज्यामिरेमा हिजो राति ९ बजेतिर ट्रकको ठक्करबाट स्कुटर चालक घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख १६०३ नम्बरको ट्रकले विपरित दिशाबाट आइरहेको ना २९ प ९५० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक खैरहनी–६ का ४८ वर्षीय अर्जुन प्रसाद पराजुली घाइते भएका हुन् ।

घाइते पराजुलीको अवस्था मध्यम रहेको र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रक चालक बारा सिमरा जितपुर उपमहानगरपालिका–७ का ४२ वर्षीय आसिम हुसेन प्रहरीको नियन्त्रणमा छन् ।