संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं, २४ असार। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।

गत बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) कारण संघीय संसद्का दुवै सदनको बैठक स्थगित भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गएको सोमबार एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह पटकपटक भारत गएको अभिव्यक्ति दिएका थिए ।

उनको अभिव्यक्तिमाथि आपत्ति जनाउँदै एमालेले नेपालको प्रधानमन्त्री भारतले बनाउने भन्दै त्यसको जवाफ माग गरेको हो । सोही कारण बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा एमालेले अवरोध गरेको छ ।