भरतपुर, २५ असार । व्यक्तिले घरका अगाडि बनाएका याम्पले दुर्घटनाको जोखिम बढाएको तथा साइकल लेन मिभेको भन्दै भरतपुर महानगरपालिकाले सडकमा बनाइएको र्याम्प भत्कउन सुरु गरेको छ ।
आइतबार त्रिचोकदेखि बुद्ध चोकसम्मको सडकमा दुईतर्फी बनाइएका र्याम्प महानगरले भत्काएको हो । घरको गेटअगाडि बनाएको र्याम्पले दुर्घटनाको जोखिम बढाउनका साथै साइकल लेन पनि मिचेको थियो ।
महानगरभित्रका अन्य सडकमा बनाइएका र्याम्प पनि भत्काउने भरतपुर महानगरपालिकाको योजना छ । महानगरका नक्सा शाखा प्रमुख इन्जिनियर सूर्यप्रकाश लामाले जानकारी दिएको जानकारीअनुसार र्याम्प आवश्यक पर्ने घरमा फलामको अस्थायी र्याम्प बनाउन महानगरले सुझाव दिएको छ। ‘अस्थायी र्याम्प बनाउँदा आवश्यक पर्ने बेलामा प्रयोग गरेर बाँकी समय भित्र राख्न सकिन्छ,’ इन्जिनियर लामाले भने।